रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा हुनु भएको छ ।

यसअघि आजै लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको हो।

रास्वपा नेता डीपी अर्यालले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने शर्तमा प्रहरीले रिहा गरेको जानकारी प्राप्त भएको छ ।

सभापति लामिछाने सेतो गाडी चढेर बाहिरिनु भएको  तस्बिर सार्वजनिक भएको छ । उहाँलाई फिस्टेल अस्पताल गैर पाटनमा लगिएको छ र त्यहाँ उहाँको स्वास्थ्य परीक्षणपछि नेता डिपी अर्याल र परिवारका सदस्यलाई जिम्मा लगाउने जानकारी प्रहरीले दिएको छ ।

यसैबिच प्राप्त पछिल्लो जानकारी अनुसार, अस्पतालमा स्वास्थ्य परीक्षणपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार