चौरजहारीमा स्व.हरिभक्त ओलीको २६औँ स्मृति दिवस मनाइयो

चौरजहारीमा स्व.हरिभक्त ओलीको २६औँ स्मृति दिवस मनाइयो

मुसिकोट । नेपाली कांग्रेसका नेता तथा रुकुमका पूर्व जिल्ला विकास समितिका सभापति स्व.हरिभक्त ओलीको २६औँ स्मृति दिवस मनाएको छ।

आज दिवसको अवसरमा चौरजहारी बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

नेपाली कांग्रेस चौरजहारी नगर समितिले सहिद ओलीको २६ औ स्मृति दिवसको अवसरका अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवा, उपचारका लागि आएका बिरामीलाई फलफूल वितरण गरेको हो ।

तत्कालिन माओबादीले २०५५ माघ १ गते चौरजहारीमा काँग्रेसका नेता हरिभक्त ओलीको घाँटि रेटेर विभत्स हत्या गरेका थिए ।

स्मृति दिवसको अवसरमा बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाली कांग्रेस चौरजहारीका सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भई उपचाररत ६४ बिरामी र उहाँका कुरुवा, उपचारका लागि आएका बिरामी र स्वास्थ्यकर्मी समेतलाई फलफूल वितरण गरिएको हो ।

यस्तै दिवसको अवसरमा चौरजहारीस्थित कांग्रेसको पार्टि कार्यालयमा स्व हरिभक्त ओलीको फोटोमा माल्यार्पण गर्नुका साथै उहाँले पार्टिमा गरेको योगदानको चर्चा गरिएको थियो । साथैको सामाजिक र राजनैतिक योगदान अमूल्य रहेको बोल्ने अधिकाश वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका कर्णाली प्रदेश समिति सदस्य सीता ओली, जिल्ला उपसभापति सुरत जंग मल्ल, सचिवद्वय परमेश्वर भण्डारी र तारकबहादुर शाही, महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, पार्टी प्रवक्ता लाल बहादुर ओली, क्षेत्रीय सभापति भद्रबहादुर भण्डारी, जिल्ला सदस्य यदु कुमार आचार्य लगायत जिल्ला तथा नगर कार्यसमितिका पदाधिकारी र सदस्यहरु, कांग्रेसका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

स्मृति सभाको अध्यक्षता नगर सभापति प्रेम बहादुर ओलीको गर्नुभएको थियो भने नगर समितिका सहसचिव गोपाल लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार