कमल कुमार दर्लामीमगर
नि कार्यालय प्रमुख
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेत
विसं १९९० माघ २ गते २ बजेर २४ मिनेटको समयमा गएको ८.२ रेक्टरको विनाशकारी भूकम्पको स्मृतिमा नेपाल सरकार गृह मन्त्रालयको संयोजकत्वमा २०५५ साल माघ २ गते देखि भूकम्प सुरक्षा दिवश मनाउदै आइरहेको छ।
“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७ औँ भूकम्प सुरक्षा दिवस विविध सचेतनामूलक कार्यक्रम गरेर आज देशैभर मनाइँदैछ ।
भूूकम्प के हो भनेर कसैले कसैलाई बुझाउन नपर्ने गरी २०७२ बैशाख १२ गते दिउँसो ११:५६ मा मिनेटमा ७.६ रेक्टर स्केल को गोर्खा भूकम्प र २०८० कात्तिक १७ गते राती ११ : ४७ मा ५.७ म्याग्निच्युडको जाजरकोट भूकम्पहरु क्रमस ७८८५ र १५७ जनाको ज्यान लिइ हाम्रै आखा आगाडि कहिल्यै नभुल्ने पिडा दिएर गएको कुरा सवैलाई सर्वविदितै छ।
अझै पनि नेपाल भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ तर्जुमा गरिएको छ ।
भूूकम्प प्राकृतिक विपति भएकोले यसलाई कसैले पनि रोक्न सक्दैन र यो आफैले जनधनको क्षति पनि गर्दैन मानव निर्मित कम्जोर संरचना भत्केर क्षति हुनेभकोले नेपाल सरकारले यसबाट कम क्षति हुन बनाएका ऐन कानूनहरु हुबहु पालना गरी वलियो भवन तथा संरचनाहरु निर्माण गर्नु गराउनु पर्दछ।
नेपाल सरकारले भवन ऐने २०५५ सालमा लागु गरेको यसलाई समय सापेक्ष संसोधन गर्दै आएको छ भने पछिल्लो पटक २०७५ मा संसोधन भएको छ। यहि कानूनले निर्दिष्ट गरे बमोजिम भवन नियमावलि २०६६ जारी गरेको छ।
त्यसै गरी राष्ट्रिय भवन निर्माण संहिताहरु बनाई राजपत्रमा प्रकाशित समेत भैसकेको छ। जसमा २३ वटा भाग राष्ट्रिय भवन संहिताहरु प्रकाशसन भएका छन। यसै अनुरूप तालिम प्राप्त कालिगढ, दक्ष प्राविधिकहरुको सल्लाह अनुसार भवन निर्माण गरेमा सुरक्षित संरचना भवन निर्माण हुनेछ।