मुसिकोटमा हालै आयोजित एक कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय सरकारको भूमिका मुख्य हुने बताएका छन् ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा असुरक्षित आप्रवासन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय सरकारको भूमिकामा आधारित कार्यशाला आयोजना भएको थियो ।
कार्यशालाका सहभागीहरुले स्थानीय सरकार जनताको निकटको सरकार भएकोले यसको नियन्त्रणका लागि यसको भूमिका मुख्य हुने बताउदै बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा मगरले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कानुनहरुको कार्यान्वयन फितलो भएकाले विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका थिए भने सोही कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश के.सी. ले सबैको सहकार्यमा मात्र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सकिने बताएका छन् ।
यहि माघ ६ र ७ गते सञ्चालन भएको उक्त कार्यशालामा मानव बेचबिखन तथा ओसारपसार, मानव तस्करी, असुरक्षित आप्रवासन सम्बन्धी नेपालमा भएका विद्यमान कानून तथा अन्तर्राष्ट्रिय कानूनमा नेपालको ऐकवद्धताका बारेमा छलफल गरिएको थियो । साथै, कार्यक्रममा मानव बेचबिखनको बदलिंदो स्वरुप, यसले निम्त्याएका समस्याहरु र मानव बेचबिखन नियन्त्रणमा सरोकारवालाको भूमिकाको बिषयमा पनि सहभागीहरु बिच छलफल भएको थियो ।
पछिल्लो समय, रुकुम लगायतका जिल्लाबाट अव्यवस्थित रुपमा अमेरिका लगायतका देशहरुमा ठुलो धन खर्च गरेर जोखिमयुक्त अनियमित आप्रवासनको प्रचलन बढिरहेकाले यसलाई रोक्न सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नु पर्ने आवश्यकता रहेको तर त्यसका लागि आधिकारिक तथ्याङ्क उपलब्ध नभएको र त्यसको लागि पहल गर्नु पर्ने सहभागीहरुले बताएका थिए । स्थानीय सरकारको यसलाई रोकथाम र सम्बर्धनका लागि नीतिगत पहल जरूरी भएको समेत उक्त कार्यशालामा छलफल भएको थियो ।
कार्यशालामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, र बाँफिकोट गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, रोजगार संयोजक लगायत जिल्लाका मानव बेचबिखन सम्बन्धमा कार्यरत नागरिक समाज तथा युवा लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । साथै तीनवटै स्थानीय सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पालिकाको आगामी कार्ययोजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् र यसका लागि विभिन्न निकायहरुसँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा कार्यक्रमहरु तय गर्ने प्रतिबद्धता समेतमा जोड दिएकाछन् ।
कार्यशाला अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग युएसएडको आर्थिक सहयोगमा विनरक इन्टरनेशनल र ओरेक नेपालको सहकार्यमा सञ्चालित युएसएड हाम्रो सम्मान २ परियोजनाको आयोजनामा