सुर्खेत । युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमा युवा महोत्सव (यूथ फेस्टिभल) हुने भएको छ। प्रदेशमा पहिलो पटक यही माघ ११ र १२ गते सुर्खेतको सिटी हलमा उक्त महोत्सवको आयोजना गरिएको हो ।
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । दुई दिनसम्म चल्ने महोत्सवको उद्देश्य युवाहरूमा आशा जार्गित गर्नु रहेको बताइएको छ ।
कार्यक्रमका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवा सशक्तीकरणमा टेवा पुर्याउने बताउनुु भयो । कार्यक्रममा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवतन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति रहने छ।
यस्तै महोत्सवमा तीनदेखि ५ हजार युवा आउने बताइएको छ।