मुसिकोट । नेपाल निजामति कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा धनवीर केसी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संगठनको बाह्रौं जिल्ला अधिवेशनबाट केसी निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट १९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा भिम खत्री र हृदयकली पौडेल, सचिवमा सागर भुजेल, सहसचिवमा तुलबिर बिक र कोषाध्यक्षमा कविराज केसी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका अध्यक्ष जसवीर खत्रीले बताउनुभयो । उहाँका अनुसार संगठनको सदस्यहरुमा मुना केसी, अस्मिता रावल, प्रेमा केसी, लक्ष्मी पुन, दिपेन्द्र ओली, वीरेन्द्र बिष्ट, कृष्णमान केसी, यज्ञ थापा, महेन्द्र ओली, ललितजंग बुढामगर, गोरख केसी, राजेन्द्र केसी र भुवन चौधरी चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रिय प्रतिनिधिमा मनोज केसी र कमला केसीलाई छनौट गरेको छ भने प्रदेश प्रतिनिधिमा सुरेन्द्र खत्री र देवी ओली निर्वाचित हुनुभएको हो । त्यसैगरी लेखा परिक्षण आयोगको संयोजकमा केदार शर्मा तथा सदस्यहरुमा केशव केसी र महेश कठायत हुनुहुन्छ ।
संगठनका अध्यक्ष पुष्पराज ओलीको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका प्रदेश कमिटी सदस्यहरु कर्णबहादुर ओली र हरिप्रसाद शर्मा, संगठनका केन्द्रिय सदस्य तथा रुकुम पश्चिम ईन्चार्ज जसवीर खत्रीलगायतको उपस्थिति थियो ।