जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको समिक्षा सुरु

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको समिक्षा सुरु

सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आयोजनामा मातहतका निर्देशनालय र कार्यालयहरुले चालु आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन गरिरहेका विभिन्न आयोजनाको समिक्षा कार्यक्रम आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । जलस्रोत तथा उर्जा विकासमन्त्री विजया बुढाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा मन्त्रालयका सचिव इन्द्रदेव भट्टले अध्यक्षता गर्नुभएको थियो ।
समिक्षा कार्यक्रममा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित ९ जिल्ला कार्यालयका प्रमुखहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा आआफ्नो जिल्लामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा स्रोत सुनिश्चित भएका हालसम्मका क्रमागत र बहुवर्षीय योजनाहरुलाई ‘आयोजना बैंक’मा इन्ट्री गर्नेबारे कार्यालय प्रमुखबीच छलफल गरिएको सचिव भट्टले बताउनुभयो । विकास योजनामा हुने डुब्लिकेशन रोक्न पनि आयोजना बैंक अनिवार्य भएको उहॉको भनाइ छ ।’ कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य डम्बरबहादुर रावलले योजनाहरु नियमित प्रक्रियाबाट आउदा कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीबारे पनि कार्यक्रममा छलफल हुने मन्त्रलायले जनाएको छ । आइतबार सुरु भएको कार्यक्रम सोमबार सकिनेछ ।

कार्यक्रमको सञ्चालन मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार