काठमाडौं । सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् ।
बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको डीएसपी डाँगीले बताए ।
नेपाल प्रहरी र एपीएफको टोली खोजी कार्यमा खटिएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ ।