०८४ को निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : नेता कोइराला

०८४ को निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : नेता कोइराला

सुर्खेत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी २०८४ सालको निर्वाचनमा कांग्रेसको बहुमत आउने दाबी गर्नुभएको छ । त्यसका लागि पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले एकअर्काको तिक्ततालाई छाडेर प्रतिस्पर्धामा जानुपर्ने बताउनुभयो । उहाँले अब कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले पार्टी भित्रका अन्तरबिरोध हल नहुुँदा आम चुुनावमा त्यसको असर परिरहेको धारणा व्यक्त गर्नुभयो । ‘हामी भित्रको तिक्तता मेटाउदा पार्टीलाई कसैले हराउन सक्दैन् । पार्टी भित्रका अन्तरबिरोध चुनावसम्म पुगे कसैको पक्षमा राम्रो परिर्णाम हात पर्दैन्,’ उहाँले भन्नुभयो, ‘कांग्रेस सरकारमा भएपनि सरकारलाई खबरदारी गर्न आबश्यक छ ।’

अहिले मुलुक नै समस्याग्रष्त भएको र सरकारले प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकेको उहाँको भनाइ छ । अहिलेकै अवस्थामा नागरिकहरु सरकार प्रति सन्तुष्ट नभएकाले सरकारलाई हामी सबैले सचेत गराउनुपर्ने उहाँको धारणा थियो ।

संसदलाई छलेर अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलिय संयन्त्र बनाउनु ठिक नभएको डा. कोइरालाले बताउनुभयो ।

कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, केन्द्रीय सदस्यहरु दिपक गिरी, सरिता प्रसाईं, जानकी सिंह, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्यहरु हृदयराम थानी, दिनबन्धु श्रेष्ठ, डिल्ली रेग्मी र शिवराज जोशी लगायतको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार