प्रदेश सांसद केसीद्वारा विभिन्न आयोजनाको अनुगमन

प्रदेश सांसद केसीद्वारा विभिन्न आयोजनाको अनुगमन

रुकुमकोट । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले रुकुुम पूर्वका आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास योजनाहरूको अनुगमन गर्नुभएको छ। उहाँले सडक, पुल, विद्यालय भवन, खेलमैदान, सिँचाइ र खानेपानी जस्ता योजनाहरूको कार्यान्वयनको अवस्था निरीक्षण गर्नुभयो।

अनुगमनको क्रममा सांसद केसीले निर्माणाधीन योजनाहरूको गुणस्तरीयता र टिकाउमा विशेष ध्यान दिन निर्देशन दिनुभयो। उहाँले योजनाहरूलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि निर्माण कार्यमा संलग्न सबैलाई सचेत गराउनुभयो।

स्थानीयवासीहरूले सांसद केसीसँग विभिन्न समस्याहरू उठाएका थिए। सांसद केसीले ती समस्याहरूको समाधानका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्दै जनताको आवश्यकतामा ध्यान दिन बाचा गर्नुभयो। उहाँले विकास निर्माणको काममा राजनीति नगर्न र सबैले मिलेर योजनाहरूलाई सम्पन्न गर्नुपर्ने कुरामा बल दिनुभयो।

यस अनुगमन कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डे, सडक पूर्वाधार कार्यालय रुकुम पूर्वका प्रमुख थमबहादुर पाण्डे लगायतका प्रमुख अधिकारीहरूको सहभागिता रहेको थियो।

अनुगमनले रुकुमकोटमा जारी विकास योजनाहरूको कार्यान्वयनमा गुणस्तरीयता र प्रभावकारिता सुनिश्चित गर्ने विश्वास र आशा स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार