सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा सुरु भएको बैठकमा दलका सांसद, मन्त्रीहरु सहभागी हुनुहुन्छ ।
बैठकमा प्रदेशका समसामयिक राजनीतिक, सामाजिक र विकास योजनाबारे छलफल हुने बताइएको छ।
बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            