सुर्खेत। बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश समितिको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ।
यस अधिवेशनबाट पवित्रा शाहीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन समितिका संयोजक रामबाबु विसिका अनुसार, उपाध्यक्षमा निमबहादुर नेपाली, महासचिवमा बसन्त श्रेष्ठ, सचिवमा सन्तोषी शाही र कोषाध्यक्षमा खडानन्द अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा किशोर न्यौपाने, टेकबहादुर कुसारी, आशा कार्की, अन्जली विसी, रामविक्रम शाह, सन्तोष मल्ल, रणबहादुर कार्की, कुन्जक लामा, यज्ञराज थापा र सफता नेपाली निर्विरोध निर्वाचित हुनुभएको हो।
अधिवेशनको उद्घाटन सत्रमा कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीको प्रमुख आथित्यता रहेको थियो ।
सञ्जालले कर्णाली क्षेत्रमा बालविवाह न्यूनीकरणका लागि विभिन्न पहल र कार्यक्रमहरूको सञ्चालन गरिरहेको छ। बालविवाहको अन्त्यको लागि जागरूकता फैलाउने, शिक्षाको स्तर बढाउने, कानूनीको बारेमा जानकारी गराउदै आएको छ ।