सुर्खेत । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ कर्णाली प्रदेश समितिको प्रथम अधिवेशन आज सुर्खेतको बिरेन्द्रनगरमा सुरु भएको छ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले गर्नु भएको हो।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ अधिवेशन आयोजक समिति संयोजक जनकबहादुर शाहीको अध्यक्षतामा आयोजित अधिवेशनको प्रारम्भ भएको छ। यस अधिवेशन बाट नयाँ कार्यसमिति चयन हुने छ ।
आयोजक समिति संयोजक शाहीका अनुसार अहिले मनोनय दर्ताको प्रक्रिया भइरहेको छ, जसमा पदाधिकारी र सदस्यहरूले आफ्नो नाम दर्ता गराईरहेका छन ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी, प्रदेश सभा सदस्य लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।


 
					
							 
			 
                             
                             
                             
                             
                            