काठमाडौँ । सरकारले ७८ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा बैठकले उक्त निर्णय गरेको बताइएको छ ।














