सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउन एक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ। उक्त कार्यक्रम आगामी फागुन २४ गते शनिबार सुर्खेतको सिटी हलमा आयोजना हुने छ।
कार्यक्रममा राष्ट्रियस्तरका प्रतिष्ठित कलाकारहरूको प्रस्तुति रहने छ। नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव संगित, इब्सल सञ्ज्याल र करिष्मा शाही ठकुरी लगायतका चर्चित कलाकारहरूको प्रस्तुति रहने छ ।
कार्यक्रमको प्रमुख उद्देश्य कर्णाली प्रदेशमा नेपाली कांग्रेसको कार्यसमितिको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको छ। यस अवसरमा स्थानीय कला र संस्कृतिको प्रोत्साहन गर्दै कर्णाली प्रदेशमा विकासको नयाँ लहर ल्याउने आशा गरिएको छ।
यस्तै बृहत साँस्कृतिक कार्यक्रमको लागि सबैलाई निम्तो गरिएको छ, र भवन निर्माणको लागि आर्थिक सहयोग पुर्याउन सबैलाई अपिल गरिएको छ।