रिम्नामा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

रिम्नामा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना

काठमाडौँ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तिव्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माणको काम अघि बढाउन लागेको हो ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा स्थापना भएको कार्यालयको गृहमन्त्री रमेश लेखकले आईतबार उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अभियान सुरु भएको बताउनु भयो ।

पुनर्निर्माणको लागि आवश्यक मापदण्ड र नियामावलीसँगै आवश्यक बजेट व्यवस्था गरेपछि निजी आवास पुनर्निर्माणको कामलाई तिव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ ।

भूकम्पबाट पूर्ण क्षति भएका घरको पुनर्निर्माण तथा चर्किएका घरको मर्मत गरेर प्रबलीकरण गरिने भूकम्पीय पुनर्निर्माण तथा पुनस्स्थापना आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

उद्घाटन कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार