बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता रचना मल्ल चयन

बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता रचना मल्ल चयन

मुसिकोट । रुकुम जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ता रचना मल्ल चयन हुनुभएको छ ।

सोमबार मुसिकोट खलंगामा भएको यशेसिएशनको सातौँ जिल्ला अधिवेशनबाट मल्लको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

एशोसिएसनको जिल्ला उपाध्यक्षमा अधिवक्ता मनिषा रोकाय भण्डारी, सचिवमा अधिवक्ता टेकबहादुर खड्का र कोषाध्यक्षमा अधिवक्ता अमर बहादुर ओली रहनुभएको छ ।

त्यसैगरी सदस्यमा अधिवक्ताहरु भुवनेश्वर उपाध्याय, गणेश हमाल, ललित बुढा र रमा गौतम चयन हुनुभएको छ । एशोसिएसनको केन्द्रीय पार्षदमा अधिवक्ता रत्नबहादुर खड्का चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार