नेविसंघको ७ घन्टे अल्टिमेटम: निर्वाचन समितिलाई स्पष्ट निर्णयको आग्रह

नेविसंघको ७ घन्टे अल्टिमेटम: निर्वाचन समितिलाई स्पष्ट निर्णयको आग्रह

मुसिकोट । नेपाल विद्यार्थी संघ, रुकुमेली क्याम्पस इकाई समितिले स्ववियु निर्वाचन प्रक्रियामा भइरहेको अनियमितता र कार्यतालिका विपरीतका गतिविधिहरूको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

नेविसंघका अध्यक्ष निर्मल जंग खडकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै ७ घन्टे अल्टिमेटम सहित निर्वाचन समितिलाई स्पष्ट निर्णय गर्न आग्रह गरिएको छ।

मतदाता सूचीमाथि दाबी विरोध गर्ने समयसीमा २०८१ फागनु २५ गते नै समाप्त भइसकेको छ। उम्मेदवारको दाबी विरोधको दिनमा पुनः मतदाता सूचीको विवाद उठाउनु अवैध, अव्यवहारिक तथा कानुनसम्मत नभएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ स्ववियु निर्वाचन समितिले बाह्य दबाबको प्रभावमा परेर कार्यतालिका विपरीत निर्णय नगर्न अति आवश्यक छ। साथै, समितिलाई निष्पक्षता अपनाउन र कुनै पनि विद्यार्थीमाथि अनावश्यक हस्तक्षेप नगर्न समेत चेतावनी दिइएको छ।

प्रलोभन, धाँधली र अनैतिक गतिविधिहरूको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रशासनलाई तत्काल प्रभावले यस्ता गतिविधिहरू रोक्नका लागि प्रतिबद्ध हुन आग्रह गरेको छ।

७ घन्टाभित्र आधिकारिक धारणा सार्वजनिक नगरेमा संघले संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिँदै, शान्तिपूर्ण आन्दोलन, विरोध कार्यक्रम र कानूनी उपायहरूको अवलम्बन गरिने पनि संघले उल्लेख गरेको छ।

संघले आफ्नो अडान स्पष्ट गर्दै भनेको छ, यदि माथि उल्लेखित मागहरू ७ घन्टाभित्र पूरा गरिएन भने, नेपाल विद्यार्थी संघ यो अन्यायपूर्ण निर्णयको कडा प्रतिरोध गर्नेछ। लोकतान्त्रिक प्रक्रिया बिथोल्न खोजिएमा हामी चुप लाग्ने छैनौं।

यस्तै संघले क्याम्पस प्रशासन, निर्वाचन समिति, विश्वविद्यालय प्रशासन र सरोकारवाला निकायहरूलाई निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सुनिश्चित गर्न तुरुन्त पहल गर्न आग्रह गरेको छ, साथै तोकिएको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन जोडदार माग गरेको छ।

बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल क्रान्तिकारी, बहुमत र अनेरास्ववियु (समाजवादी) ले संयुक्त रुपमा विज्ञाप्ति जारी गर्दै रुकुमेली क्याम्पसको स्ववियु निर्वाचनको लागि आपत्ति जनाएका हुन ।

उनीहरुले फर्जि विद्यार्थी भर्ना गरी मतदाता नामावली प्रकाशन गरेको हुँदा सम्पुर्ण विद्यार्थीहरुको बैंक भौचर देखाउनु पर्ने माग राखेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार