कर्णाली प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन

कर्णाली प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन

सुर्खेत । पत्रकारिता पेशालाई व्यवसायिक, मर्यादित र थप जवाफदेही बनाउन तथा पत्रकारहरूको भौतिक सुरक्षाका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा कर्णाली प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ।

नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिको कार्यालयमा सम्पन्न छलफलपछि गठन गरिएको यस नेटवर्कले पत्रकारमाथि हुने हिंसा तथा जोखिम न्यूनीकरण गर्ने, समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक पहल गर्ने महत्वपूर्ण भूमिका खेल्ने महासघले जनाएको छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु प्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको नेटवर्कमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, पूर्व कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, नेपाल प्रेस युनियनका उप-महासचिव कमल पन्त, कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, कानुन व्यवसायी, मानव अधिकार संस्था, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

पत्रकारिता पेशालाई सुरक्षित, मर्यादित र उत्तरदायी बनाउन फ्रि मिडिया नेटवर्क प्रभावकारी रूपमा अघि बढ्ने आयोजकहरूले बताएका छन्। पत्रकारहरूको गुनासा सम्बोधन गर्न, उनीहरूको समस्याको पहिचान गर्न र समाधानका लागि आवश्यक पहल गर्न नेटवर्कले विशेष जिम्मेवारी लिने जनाइएको छ।

यस नेटवर्कमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, नागरिक समाजका सदस्यहरू लगायतको सहभागिता रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार