सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन हुनु भएको छ । कर्णाली प्रदेश समितिको सोमबार सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा २२ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्षमा उपेन्द्र प्रसाद न्यौपाने, तुलसा रोका, महासचिवमा असोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा, तुलाराज चौलागाइ, कोषाध्यक्षमा कृष्ण शर्मा
र लेखासमिति संयोजक प्रचण्ड खत्री चयन हुनुभएको छ ।
त्यस्तै प्रदेश समितिको सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रवहादुर वुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन हुनुभएको छ ।