बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । शुक्रबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको छ ।

गौशालादेखि एअरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । यस्तै, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म तथा बानेश्वर चोकदेखि शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी भएको छ ।

यसैगरी गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म पनि कर्फ्यु लगाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार