काठमाडौं महानगरले पूर्वराजालाई तोके ७ लाख ९३ हजार जरिवाना

काठमाडौं महानगरले पूर्वराजालाई तोके ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो ।
महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ ।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।
सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार