नापी कार्यालयको साइनबोर्डमा ‘आई लभ यु प्रमिला’ देखिएपछि…

नापी कार्यालयको साइनबोर्डमा ‘आई लभ यु प्रमिला’ देखिएपछि…

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ ।

कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘i love u pramila, i really love you’ लेखिएको छ ।

नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए । ‘बोर्डमा त्यस्तो देखिएको हो । ह्याक भएको हो’, उनले भने ।

कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफूलाई बोर्डको नाम परिवर्तन भएको बारे जानकारी पाएको बताए ।

नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने निकायलाई जानकारी गराइएको उनले बताए ।

केही दिनअघि भरतपुरको विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्री विरुद्धको नारा देखिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार