राजसंस्था पुनर्स्थापना आन्दोलनको कार्यवाहक नेतृत्व जगमान गुरुङलाई

राजसंस्था पुनर्स्थापना आन्दोलनको कार्यवाहक नेतृत्व जगमान गुरुङलाई

काठमाडौँ  । राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताएका हुन् ।

सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख गर्दै सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ । आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’

व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार