जाजरकोट भूकम्पबाट घाइते ३ जना डिस्चार्ज

जाजरकोट भूकम्पबाट घाइते ३ जना डिस्चार्ज

काठमाडौँ । गएराति जाजरकोट जिल्लाको कुसे गाउँपालिका–९, पैकमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ८ जा घाइते भएका छन् । भूकम्पमा परी रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना गरी ८ जना घाइते भएका थिए । जसमध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

जाजरकोटका ३ जना तथा रुकुम (पश्चिम)का २ सहित ५ जना उपचाररत छन् । उपचाररत ५ जनामध्ये ४ जनाको अवस्था सामान्य र १ जनाको अवस्था मध्यम रहेको जनाइएको छ । जाजरकोट, रुकुम (पश्चिम) र कालिकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उनीहरू भवन संरचना भत्किएर नभई भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हाम फाल्दा, अत्तालिएर भाग्न खोज्दा घाइते भएको जनाइएको छ ।  नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणबाट निकै संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा पर्ने र यस प्रकारका भूकम्पका कम्पन/पराकम्पन जुनसुकै बेलामा आउन सक्ने देखिएकोले सुरक्षित तरिकाले बस्न प्राधिकरणले अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार