सञ्चारिका समूहको अध्यक्षमा कमला र महासचिवमा राधा निर्वाचित

सञ्चारिका समूहको अध्यक्षमा कमला र महासचिवमा राधा निर्वाचित

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी र महासचिवमा राधा खनाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको ९ औं महाधिवेशनमा सञ्चारिका समूहको पदाधिकारीमा प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको हो। महासचिवमा खनाल सर्वसम्मतिले चयन हुनुभएको हाे ।

अध्यक्ष पन्थीले १४९ मत प्राप्त गरेर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी पवित्रा सुनारले ८७ मत प्राप्त गर्नु भएको थियो । समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित हुनुभएको छ।

यसैगरी समूहको केन्द्रीय सदस्यहरूमा अजवी पौड्याल, विष्णु पन्थी, कालिका शिवाकोटी, कल्पना शर्मा, देवी सापकोटा, दीपा रेग्मी, तारा चापागाईं र सम्झना वन निर्वाचित भएको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार