मुसिकोट । नेपाल विद्यार्थी संघ (नेवि संघ) को ५५औं स्थापना दिवसको अवसरमा नेविसंघ जिल्ला कार्यसमिति रूकुम पश्चिमले रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी रूकुम पश्चिमको समन्वयमा जिल्ला अस्पताल सल्लेस्थित ब्लड बैंकमा रक्तदान र जिल्ला अस्पताल सल्लेमा फलफूल वितरण गरिएको हो ।
स्थापना दिवसकै अवसरमा जिल्ला अस्पतालमा उपचाररत ३५ जना बिरामीहरूलाई फलफुल वितरण गरिएको केसीले जनाउनुभयो । बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।
कार्यक्रमले विद्यार्थीहरूको समाजप्रतिको जिम्मेवारी र संवेदनशीलता प्रकट गरेको नेविसंघले जनाएको छ। संस्थाले सेवा, सहयोग र सद्भावका माध्यमबाट स्थापना दिवसलाई अर्थपूर्ण ढंगले मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको र यस्ता सकारात्मक क्रियाकलापहरू भविष्यमा निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
नेविसंघ रूकुम पश्चिमका कार्यवाहक अध्यक्ष अनिशेष केसीको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा नेविसंघ नगर संयोजक चन्द्र बहादुर ओली, जिल्ला सदस्य अर्जुन ओली, रूकुमेली क्याम्पस इकाइ अध्यक्ष निर्मल जंग खड्का लगायतको सहभागिता रहेको थियो।