काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेबाट हुने गरी पर सारेको छ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्न अन्योल सिर्जना भएपछि परीक्षा सर्ने निर्णयमा बोर्ड पुगेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सो जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘बदलिँदो परिस्थितिका कारण २०८२ वैशाख २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णय भएको छ, यस सम्बन्धी औपचारिक सूचना बुधबार बोर्डको वेबसाइड अन्य मिडियामा सार्वजनिक गरिने छ ।’