जनमत पार्टीकी सांसद गुरुङले दिइन् राजीनामा

जनमत पार्टीकी सांसद गुरुङले दिइन् राजीनामा

दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद रहेकी गुरुङले लुम्बिनीका सभामुखसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् ।

राजीनामा पत्रमा उनले देश र जनताको पीरमर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही नहुने आफ्नो मान्यता रहेको उल्लेख गरेकी छन् । ‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ,’ उनले लेखेकी छन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको ठहर गर्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार