मुसिकाेट । रुकुम पश्चिमकाे एक विद्यालयमा २० वटा ल्यापटप सहितका उपकरण हस्तान्तरण गरिएको छ ।
जिल्लाकाे चौरजहारी नगरपालिका र साझा शिक्षा ई- पार्टी नेपालसँगको सहकार्यमा माध्यमिक विद्यालय कोटजहारी चौरजहारी नगरपालिका-७, मा कम्प्युटर लगायतका उपकरण हस्तान्तरण तथा अभिमुखीकरण गरिएको छ ।
साझा शिक्षा ई-पाटी नेपालले पलान ईन्टरनेष्नलकाे सहयोगमा कम्प्युटर उपकरण हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
डिजिटल सिकाइ प्रयोगशाला स्थापना र शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम कार्यान्वयनका लागि डिजिटल सामग्री प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रलाल शर्मालाई डिजिटल शैक्षिक सामग्रीसहितका २० वटा ल्यापटप हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी एक वटा अफलाइन ई-पुस्तकालय सर्भर, एक वटा राउटर, आठ वटा पावरस्ट्रिप र २० वटा हेडफोनसहितका सामग्री हस्तान्तरण गर्नुभएको हाे ।
कार्यक्रममा नगर प्रमुख पुष्प वादी, उपप्रमुख ईश्वरी शर्मा वि.एम, वडा नम्बर ७ का अध्यक्ष भिम प्रसाद जैसी, वडा सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र शिक्षकहरूकाे उपस्थिति रहेको थियो ।