रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाईते

रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाईते

प्रतीकात्मक तस्बिर।

मुसिकोट । रुकुम पश्चिममा चट्याङ लागेर दुई जना घाईते भएका छन ।

बुधबार बिहान जिल्लाको आठबिसकोट नगरपालिका ८ का वडा अध्यक्ष खगेन्द्र बिक को घर नजिकै परेको चट्याङको कारण सोहि वडाका दुई महिला घाईते हुनुभएको हो ।

घाईते हुनेहरुमा वडा नम्वर ८ निवासी ४२ वर्षीया खम्बी चदारा र वडा नम्वर ७ निवासी ४५ वर्षीया शसिली नेपाली रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार वडा अध्यक्षको घरमा शुद्धी कार्यको लागि आउनुभएकी दुई महिला चट्याङ लागेर घाईते हुनुभएको हो ।

घाईते मध्य चदाराको दाँया आँखा, दाँया हातको पञ्जा र दाँया खुट्टाको पञ्जामा चोट रहेको छ भने नेपालीको बाँया आँखा माथिको भागमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको र उपचारको लागि आठबिसकोट नगर अस्पतालमा ल्याईएको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार