दक्षिण कोरियामा बस्ने नेपालीहरुद्वारा बिरामी घर्तीलाई आर्थिक सहयोग

दक्षिण कोरियामा बस्ने नेपालीहरुद्वारा बिरामी घर्तीलाई आर्थिक सहयोग

काठमाडौं । दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–६, सल्लीचौरका बिरामी धनबहादुर घर्तीलाई आर्थिक सहयोग गरेका छन्।

कलेजो सम्बन्धी रोगबाट पीडित घर्तीको बाँकेको कोहलपुर मेडिकलमा उपचार भइरहेको छ। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि दक्षिण कोरियामा रहेका सानीभेरी–६ का भूपाल कुसारी, केपी कुसारी, ओमप्रकाश पुनलगायतको नेतृत्वमा “धनबहादुर घर्ती बचाऔं अभियान” सञ्चालन गरिएको थियो।

अभियानमार्फत ४० जना नेपालीबाट १ लाख ५ हजार ४६३ रुपैयाँ संकलन गरी पत्रकार नारायण ओलीमार्फत बिरामीकी छोरी अमृता घर्तीलाई आइतबार सिम्लिमा हस्तान्तरण गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार