मुसिकोट । गणतन्त्र दिवसको अवसरमा रुकुम पश्चिममा वृक्षारोपन गरिएको छ ।
आज विहान डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको संयूक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय प्ररिसर आसपासमा वृक्षारोपन गरिएको हो ।
ओखरको विरुवा ५, कलकिफुल ३०, छतिवन १५, बेल २, गोलमोर १५, धुप मेयर १० र विरेन्द्र फुल ५ गरेर कुल ८२ वटा विरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजगं खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार वृक्षारोपन संगै जिल्ला प्रहरी कार्यालयमा चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
बृक्षारोपन कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश रामबहादुर बस्याल, जिल्ला समन्वय प्रमुख लुम्बीनी गौतम केसी, उप प्रमुख देवबहादुर विक, मुसिकोट नगरप्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख मदन धानुक, राष्ट्रिय अनुसन्धान अधिकृत चिरणजिवी बुढा, चण्डीदल गणका गणपती सरद थापा लगाएतको उपस्थिती रहेको थियो ।