नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापन को–को समेटिए ? (सूचीसहित)

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापन को–को समेटिए ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० बाट बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक ९डिआइजी०को पदस्थापन भएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले ११ जना डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो। उक्त चिन्ह प्रदान गरेसँगै पदस्थापनको सूचि प्रकाशन गरेको छ।

नेपाल प्रहरीको विशेष ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई पदस्थापन गरेको छ। यसअघि एआइजी सिद्धिविक्रम शाह ब्‍युरो प्रमुख थिए। उनको बढुवा भएसँगै खाली थियो।

विनोद घिमिरेलाई महानिरीक्षकको सचिवालयमा राखिएको छ।

दिपेन्द्र घर्ती क्षेत्रीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ।

दीपक रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा, माधवप्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, दिलीप सिंह देउवालाई अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएको हो।

ओमबहादुर रानालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जयराज सापकोटाको कार्य विभाग कार्य निर्देशनालय, संजिब शर्मा दासको अपराध अनुसनधान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरूङको साइबर ब्युरोमा पदस्थापन भएको छ।

सूचीसहित :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार