नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुलनजिकै सुक्खा पहिरो गएको छ । सुक्खा पहिरोका कारण अहिले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

उक्त स्थानमा अहिले पहिरो फाल्ने काम भइरहेको र माथिबाट थप पहिरो नखसे दुई/तीन घण्टाभित्र सडक सञ्चालनमा आउने मुग्लिन–नारायणगढ सडकखण्डका सुपरभाइजर ईश्वर क्षत्रीले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार