मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे भगवती शाईकुमारी मन्दिरमा चोरी भएको छ ।
गएराती मन्दिरमा रहेको दान पेटिकाबाट नगद रकम चोरी भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मन्दिरको मूल ढोकाको ताला फोडेर चार वटा दान पेटिकामा रहेको रकम चोरी भएको छ । दान पेटिकामा रहेको करिब दुई लाख रुपियाँ चोरी भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । चोरीको घटनाबारे प्रहरीलाई जानकारी गराईएको छ ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले चोरीको जानकारी पाएपछि लगत्तै प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको जानकारी दिनुभयो ।
टोलीले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।