१४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

१४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

काठमाडौँ । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ  ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशवाट दुईजनालाई पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशवाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल  (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रीनलाईन एग्रो प्राली) गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ  (ङवाङ हिसी कृषि तथा पशुपन्छी  अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म) , लुम्बिनी प्रदेशवाट जयपाल मौर्य (खाद्यन्न वाली) र सुवास कुर्मी (शान्ति उन्नत  पशुपालन तथा माछा फर्म) छ्न् ।

त्यस्तै, कर्णाली प्रदेशवाट गोविन्द ओली (तरकारी खेती)  र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा  (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न् ।

पुरस्कृत कृषकलाई जनही दुई लाख रुपियाँ प्रदान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार