रुकुम पश्चिममा बलात्कार आरोपमा एकजना पक्राउ

रुकुम पश्चिममा बलात्कार आरोपमा एकजना पक्राउ

मुसिकाेट । रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जाजरकोटकी १७ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रेशम खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।

सानीभेरी गाउँपालिका–२ स्थित एक होटलबाट गएराति खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए । ‘उनीमाथि १७ वर्षकी एक किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘पीडित किशोरीले गत जेठ १८ गते कार्यालयमा जाहेरी दिएकी थिइन् । तर आरोपित खत्री फरार थिए । गोप्य सूचनाका आधारमा बिहिवार उनलाई पक्राउ गरिएको छ ।’

उनलाई आजै रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार