काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको बताएकी छन्।
शनिबार मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा बोल्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको बताएकी हुन्।
त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण समेत गरेको उनले बताइन्।
‘पार्टी सदस्यता नवीकरण गरेको छु। एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,’ उनले भनिन्।
यसमा आफूले गर्व गरेको पनि भण्डारीले बताइन्।
‘यसमा म गर्व गरेको छु। विशिष्ट आकांक्षा छैन। देश जनताको भलाइ मुख्य लक्ष्य हो,’ उनले भनिन्।