काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वर्षदेखि प्रदेशबाटै सञ्चालन गर्ने विषयमा सहमति जुटेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहमतिमै प्रस्ताव पारित गरेको हो । उपसमितिले यो विषयलाई हटाए पनि शिक्षा मन्त्रालयले गरेको प्रस्तावमाथि समितिमा शनिबार छलफलपछि पारित भएको हो ।
अब राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा एसईई सञ्चालन गर्नुपर्नेछ ।