रोपाइँ गरिरहँदा चट्याङ लागेर एक जनाको मृत्यु

रोपाइँ गरिरहँदा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ । चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्युको भएको छ भने ४ जना घाइते भएका छन्।

सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे भन्ने स्थानमा स्थानीय वीरबहादुर थापाको खेतमा शुक्रबार अपराह्न ३ बजेतिर रोपाइँ गरिरहँदा एक्कासि चट्याङ परेर सुर्खेत भेरीगंगा न.पा. ८ कुइरे बस्ने २७ वर्षका डिल बहादुर शाही, सोही स्थानमा बस्ने १७ वर्षका पर्बत बिक, १९ वर्षका हुम बहादुर थापा, १८ वर्षका नबिन बिक र ३० वर्षकी सुनिता गिरी घाइते भएका थिए।

घटना थाहा पाउनासाथ उक्त स्थानमा  इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा टोली खटिएको थियो।

उनको कमाण्डमा १० जना र  अस्थायी प्रहरी पोष्ट जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमाण्डमा ५ जनाको प्रहरी टोली खटेर उपचारको लागि घाइतेलाई मेहेलकुना अस्पतालमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज शाहीले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये डिल बहादुरको उपचारको क्रममा मृत्यु भएको र बाँकी अवस्था सामान्य छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार