मुसिकोट ५ का ४६ भैँसीपालक किसानलाई सुत्केरी भैंसी स्याहार खर्च

मुसिकोट ५ का ४६ भैँसीपालक किसानलाई सुत्केरी भैंसी स्याहार खर्च

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ ले भैँसीपालनमा संलग्न किसानहरुलाई प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भैंसी स्याहार कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षमा वडामा सुचिकृत ४६ जना भैँसीपालक किसानलाई सुत्केरी भैंसी स्याहार खर्च उपलब्ध गराएको हो।

वडाले आर्थिक वर्ष २०७९/०८० देखि भैँसीपालक किसानलाई प्रति भैँसी दुई हजार १७४ रुपैयाँका दरले सुत्केरी स्याहार भत्ता उपलब्ध गराउदै आएको वडा अध्यक्ष  समीर जंग मल्ल मल्लले जानकारी दिनुभयो।

किसानहरुलाई थप व्यवसायिक बनाउने र आर्थिक उपार्जनमा बृद्धि गर्ने उद्श्यले सुत्केरी भैँसी स्याहार कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष  मल्लले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष २०७९/०८० मा ३२ जना  र २०८०/०८१ मा ४० जना भैँसीपालक किसानलाई सुत्केरी भैंसी स्याहार खर्च उपलब्ध गराइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार