कर्णाली प्रदेशको बजेट सर्वसम्मतले पारित

कर्णाली प्रदेशको बजेट सर्वसम्मतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको २५ औं बैठकबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तरगत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेश सभामा विशेष प्रस्ताव पेस गर्नुभएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तावमा हुन्न भन्ने आवाज नसुनिएकाले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।

आगामी आर्थिक वर्षका लागि सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार  बजेट ल्याएको छ।

जसमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभन्दा ५ प्रतिशत बढीको बजेट सरकाले ल्याएको हो ।

गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार