आमाको हत्यापछि बिचल्लीमा परेका बालबालिकालाई राजु केसीद्वारा खाद्यान्न र आर्थिक सहयोग

आमाको हत्यापछि बिचल्लीमा परेका बालबालिकालाई राजु केसीद्वारा खाद्यान्न र आर्थिक सहयोग

सहयोग रकम हस्तान्तरण गर्दै

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँमा श्रीमानले श्रीमतीको हत्या गरेपछि टुहुरा अवस्थामा रहेका बालबच्चालाई खाद्यन्न र आर्थिक सहयोग गरिएको छ ।

आमाको हत्या र बुवा प्रहरी नियन्त्रणमा रहेपछि सहाराबिहिन भनेका उनका तीन बालबच्चाको सहयोगको लागि मुसिकोट निवासी नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी राजु केसीले खाद्यन्न र नगद सहयोग उपलब्ध गराउनुभएको हो ।

उहाँले नगद २५ हजार र दश हजार ६७० रुपियाँ बराबरको खाद्यन्न सामाग्री उपलब्ध गराउनुभएको हो ।

उक्त सहयोग आज मृतकको घरमा पुगेर नेपाली कांग्रेसका क्षेत्रिय सभापति भद्रबहादुर बिष्ट, संगठन विभाग प्रमुख यदु कुमार आचार्य, चौरजहारी नगरपालिका १ नम्वर वडा सभापति यज्ञश बिष्ट, नेपाल तरुण दल चौरजहारीका अध्यक्ष मोहन भण्डारी लगायतले हस्तान्तरण गर्नुभएको हो ।

यस क्रममा सहयोगी केसीले टुहुरा अवस्थाको बालबच्चाको उच्च शिक्षा र लालन पालनकेलागि समेत सहयोग गर्ने बताउनु भएको छ । उहाँले परिवारका सदस्यहरुको सल्लाह अनुसार आफूले उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था मिलाउने जनाउनुभएको छ ।

गत मंगलबार राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

मृतक बुढाथोकीका दुई छोरी र एक छोरा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार