देशभर ४१.९ प्रतिशत धान रोपाइँ

देशभर ४१.९ प्रतिशत धान रोपाइँ

काठमाडौं । यस वर्षको असार २२ सम्म देशभर कुल ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, असार २२ सम्म देशभर रोपाइँ हुने कुल १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रफलमध्ये पाँच लाख ८० हजार ८८६ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।

गत वर्ष असार २२ गतेसम्म ४३.५ प्रतिशत रोपाइँ भएको थियो ।

प्रदेशगतरूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा धान रोपाइँ हुने कुल क्षेत्रफलको ८२.८ प्रतिशत (एक लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ) सम्पन्न भएको छ । सुदूरपश्चिममा एक लाख ७६ हजार १५१ हेक्टर रोपाइँ क्षेत्र छ । गत वर्ष असार २३ सम्म सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

यसैगरी, कर्णाली प्रदेशमा ७१.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, वाग्मतीमा ५१.९ प्रतिशत, मधेसमा १३.६ प्रतिशत र कोसी प्रदेशमा २९.५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

सबैभन्दा कम मधेस प्रदेशमा रोपाइँ भएको छ । अघिल्लो वर्षको असार २३ सम्म मधेसमा साढे २५ प्रतिशत रोपाइँ सकिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार