रुकुम जिल्ला अदालतबाट ५०६ मुद्दा फछ्र्योट

रुकुम जिल्ला अदालतबाट ५०६ मुद्दा फछ्र्योट

रूकुम जिल्ला अदालत

मुसिकोट । रुकुम पश्चिमस्थित जिल्ला अदालतले आर्थिक वर्ष ०८१/०८२ मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ ।

मंगलबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तरकृया कार्यक्रममा अदालतका श्रेष्तेदार (उपसचिव) मन्दिरा शाहीले रुकुम जिल्ला अदालतले लिईएको लक्ष्य अनुसार ११४.४७ प्रतिशत मुद्धा फछ्र्योट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४४२ वटा मुद्धा फछ्र्योटको लक्ष्य लिईएको थियो । अदालतबाट भने ५०६ वटा मुद्धा फछ्र्योट भएको उहाँले बताउनुभयो ।

अदालतका अनुसार देवानी प्रकृतिका  ३६४ र फौजदारी प्रकृतिका १४२ वटा मुद्धा फछ्र्योट भएका हुन् । फैसला भएका ५०५ वटा मुद्धा मध्य २४४ वटा मुद्धा भने सम्बन्ध बिच्छेदका रहेका छन् ।

अदालतका तहसिलदार लालबहादुर क्षेत्रीका अनुसार यस आर्थिक वर्षमा अदालतमा ५०३ वटा नयाँ मुद्धा दर्ता भएका थिए भने १७३ वटा मुद्धा अघिल्लो वर्षबाट सरीआएका थिए । नयाँ दर्ता भएका मध्य ३३४ वटा र अघिल्लो वर्षबाट सरेर आएका मध्य १७२ वटा मुद्धा फछ्र्योट भएका छन् । जम्मा मुद्धा मध्य ७४.८५ प्रतिशत मुद्धा फछ्र्योट भईसकेको तहसिलदार क्षेत्रीले जानकारी दिनुभयो ।

अदालतका अनुसार मेलमिलापका लागि आदेश भएका ७१ वटा मुद्धा मध्य २१ वटामा मिलापत्र भईसकेको छ भने तीन वटा प्रक्रियामा रहेका छन् । ४७ वटा भने मेलमिलाप हुन सकेका छैनन् । कैद फछ्यौट थर्फ ९९२ वर्ष ३ महिना १८ दिन फैसला भएकोमा  ४१७ वर्ष चार महिना १९ दिन फछ्र्यौट भएको छ भने ५७४ वर्ष १० महिना २९ दिन बाँकि रहेको छ ।

अन्तरकृया कार्यक्रममा जिल्ला न्यायाधीस रामप्रसाद बस्यालले कर्मचारीको लगनशीलता र उचित तालमेलका कारण यस वर्ष लक्ष्य भन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको बताउनुभयो । उहाँले केही आन्तरिक स्रोत साधनको कमिका बावजुद पनि राम्रो परिणाम आएकाले अदालत आफ्नो कामप्रती सन्तुष्ट रहेको उल्लेख गर्नुभयो ।

अदालतबाट तोकिएको पाँच करोड ४४ लाख ४१ हजार ५७३ रुपियाँ २२ पैसा जरिवाना मध्य दुई करोड ४६ लाख ९० हजार ९९ रुपियाँ ७० पैसा फछ्र्यौट भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार