जंगली च्याउ खाएर बिरामी परेका दिदीभाइको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दिदीभाइको मृत्यु

रुकुम पश्चिम ।  रूकुम पूर्वमा जङ्गली च्याउ खाएर बिरामी भएका दिदीभाइको मृत्यु भएको छ ।

जिल्लाको भूमे गाउँपालिका ५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन विक र ७ वर्षिया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलवार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलवार राति उपचारका क्रममा मृत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ ।

जंगली च्याउ खाएर बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको रूकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम छ । गत आइतबार एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार