मुसिकोट । सहिद मनोज–झपेन्द्र स्मृति दिवस दिवसको अवसरमा रुकुम पश्चिममा वृक्षारोपण र फलफूल वितरण गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले बिहिबार जिल्ला अस्पताल सल्ले परिसरमा वृक्षारोपण गरिएको हो भने अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
संगठनका जिल्ला अध्यक्ष धनविर केसीका अनुसार अस्पतालमा भर्ना भएका ३२ जना बिरामिहरुलाई फलफूल वितरण गरिएको हो । उहाँका अनुसार स्मृति दिवस दिवसको अवसरमा अस्पताल परिसरमा विभिन्न प्रजातिका विरुवाहरु समेत रोपिएको छ ।
वृक्षारोपण तथा फलफूल कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, मुसिकोट नगरकमिटी अध्यक्ष गोर्कण खडका, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य कमला केसी, स्वास्थ्य प्राविधिक संघका केन्द्रीय सदस्य डेविड रावल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष चन्द्रकुमार मल्ल , जिल्ला अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी लगायतको पनि उपस्थिति रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
कर्मचारी आन्दोलनका क्रममा खोटाङका मनोज जोशी २०४८ साल साउन १५ गते र कास्कीका झपेन्द्र कार्की २०४७ बैशाख १७ गते मारिएका थिए ।