सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले आगामी असोज २१ देखि कात्तिक मसान्तसम्म विशेष अभियान सञ्चालन गर्ने भएको हो ।
सोमबार सुर्खेतस्थित पार्टी कार्यालयमा प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले २०८२ असार ६ गते स्थगित भएको पार्टीको प्रदेश सम्मेलनको नयाँ मिति तय गर्ने निर्णय गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सत्तारूढ गठबन्धनभित्रको समन्वय, सरकारका कामकारबाही र पार्टीको आगामी दिशाबारे समेत छलफल भएको थियो ।
बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य, पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जीवन बहादुर शाही, जिल्ला सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको उपस्थिति रहेको थियो।