मुसिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा संगठन विस्तार गरिएको छ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को छिनखेतमा सम्पन्न भेलाले बालकृष्ण गौतमको अध्यक्षतामा १० सदस्यीय पालिका समिति गठन गरेको हो।
जिल्ला पार्टी सभापति मानबहादुर शाहीका अनुसार समितिमा गणेश खनाल उपसभापति, प्रविन विक सचिव, विनोद गौतम सहसचिव र शमशेर कुसारी कोषाध्यक्ष चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा गमरसिंह खत्री, यमराज विक, प्रकाश केसी, गोविन्द केसी र विमला केसी रहनु भएको छ ।
भेलामा जिल्ला पार्टी सभापती शााही, काठमाडौ रुकुम सम्पर्क समितिका सभापती विर बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला सभापति शाहीका अनुसार जिल्लाका छ वटै स्थानीय तहमा भेला मार्फत नयाँ नेतृत्व चयन गर्ने छ ।
आज २७ गते त्रिवेणी गाउँपालिकाको झुल्नेटामा भेलाको आयोजना गरिएको छ । त्यस्तै २८ गते चौरजहारी नगरपालिकाको चौरजहारी बजारमा, २९ गते आठविसकोट नगरपालिकाको राडी बजारमा, ३० गते सानीभेरी गाउँपालिकाको सिम्लीमा र ३१ गते मुसिकोट नगरपालिकाको खंलगामा भेलाको आयोजना गरिएको रास्वपा रुकुम पश्चिमले जनाएको छ